मनकारी वडाध्यक्ष : आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स
मान्म, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गर्नुभएको छ । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गर्नुभएको हो । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताउनुभयो । “मैले निर्वाचन जित्दा नै सरकारी सेवा