सुदूरपश्चिम प्रदेश

धनगढीमा मोबाइलका ब्याट्री र डिस्प्ले बरामद

धनगढी । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै रु तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ । धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी रु दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । बरामद गरिएका ब्याट्री र डिस्प्ले आवश्यक कारवाहीका लागि आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको

कैलालीमा सुर्तीसहित बोलेरो जिप बरामद

कैलाली । कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी

धनगढीमा समुदायस्तरमा कोरोना परीक्षण गरिँदै

धनगढी । धनगढी उपमहानगरपालिकामा दिन प्रतिदिन समुदाय स्तरमा कोराना देखिन थालेपछि धनगढी उपमहानगरपालिका भोली देखि समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी शुरु गरेको छ । धनगढीमा भोली देखि थप ५ दिन निषेधाज्ञाको समय थप गरी समुदाय स्तरमा परिक्षणको दायरा बउाउँने तयारी भएको धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले बताए । उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बडी संक्रमित स्थानीय रहेका छन् । धनगढीमा स्थानीय संक्रमितको संख्या ४८ पुगेको

कैलालीमा निषेधाज्ञा ५ दिन लम्बियो

धनगढी । कैलालीमा जारी गरिएको निशेनिषेधाधाज्ञा भदौ १९ गते राती १२ः०० बजे सम्मका लागि निरन्तरता दिईने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बहोराको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठले सो निर्णय गरेको हो । कैलालीमा भदौ ४ गते राति १२ बजे देखि १४ गते राति १२ बजे सम्मका लागि निशेधाज्ञा जारी गरिएको थियो । जारि निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा सकारात्मक प्रभाब परेको भन्दै आज उक्त निर्णय गरेको बताईको छ

कैलालीमा १० जना बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीमा बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो। सिविल बैंक र ग्लोवल आइएमई बैंकका चार र चार जना, कृषि विकास बैंक र सानिमा बैंकका एक र एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो। पहिलो पटक भदौ १ गते धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको

भीमदत्तमा योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का आधारमा नगर क्षेत्रभित्रका विद्यालयका लागि स्थानीय पाठ्क्रम तयार गरिएको बताउनुभयो । “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय सरकारलाई

धनगढीमा वडाध्यक्ष नै पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलवहादुर ऐर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाले बताउनुभएको छ ।

कहिले कहिले खुल्छन त कैलालीका बैंक तथा बित्तीय संस्था ।

कैलाली ।  सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको उपस्थितिमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले कैलालीमा मङ्गल्बारदेखि बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने निर्णय भएको छ। कैलालीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण बढ्दै गएपछि एकदिन बिराएर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धरम बिष्टले जानकारी दिए । उनले मङ्गल्बारदेखि नै लागू हुनेगरी कैलालीका बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने

चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

कञ्चनपुर । चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन । घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण

दुईदशक पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढ्यो

महेन्द्रनगर । प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । यसपछि झण्डै दुई दशक भन्दा बढी समय पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढेको हो । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत