सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । आइतबार सङ्क्रमित फेला पर्नेमा कैलाली, कञ्चनपुर, अछाम, डोटी दार्चुला र बझाङ जिल्लाका छन् । यो सँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार










