धनगढीमा थुनामा युवकको मृत्यु प्रकरण: एसपी नेतृत्वको समितिले छानबिन गर्ने


धनगढी ।धनगढी प्रहरी हिरासतमा मृत्यु भएका युवकको हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानविन गर्न समिति गठन गरिएको छ । घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

घटना छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार समितिमा २ जना प्रहरी निरीक्षकहरू पनि रहेका छन् । केहि दिन भित्रै समितिले प्रतिवेदन तयार गर्ने र त्यो अनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका १९ बर्षे रोशन बिक शुक्रबार बिहान मृत अवस्थामा फेला परेका थिए । शुक्रबार बिकको को मृत्यु भएकोमा प्रहरीले शौचालय गएका बेला झुन्डिएर आत्महत्या गरेको बताएपनि उनका आफन्तले भने हत्या गरिएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *