राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशीका, बैंकवित्तले कर्जा अवधिभर व्याज बढाउन नपाउने


काठमाडौँ । व्याजदर परिवर्तन गर्ने, व्याज बढाउने, तरलताको आधारमा व्याजदर निर्धारण गर्ने बैंकवित्तलाई नेपाल राष्ट्र बैंकको नयाँ निर्देशीकाले यस्तो कार्यमा रोक लगाएको छ । केही समयअवधिका लागि व्याज सस्तो गर्ने र त्यसपछि बढाउने कार्यलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले मंगलबार नयाँ निर्देशीका जारी गरेको हो । व्यक्तिगत कर्जामा अब निर्धारीत कर्जा अवधिभर बैंकवित्तले व्याज परिवर्तन गर्न पाउने छैनन् ।

जस अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा व्याजदर परिवर्तन गर्न नपाउने भएका हुन् । अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै व्याजदर लागु हुने भएको छ । यो व्यबस्थापछि बैंकवित्तले व्याजदर परिवर्तन गर्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *