दिनेश सञ्चार गृहमा आक्रमण गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता


धनगढी। दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर( ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जाहेरी दर्ता भएको हो। सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको हो।

कार्यालयमै पुगेर कुटपिट भएको २० घण्टा पुगेपनि प्रहरीले भने कसैलाई पक्राउ गरेको छैन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कुटपिटमा सलग्नको खोजी भईरहेको बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो।

चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन। तर मृतकका आफन्तले भने उनले आत्महत्या नभई उनको हत्या भएको बताउँदै आएका छन्।

समाचारमा आत्महत्या किन लेखेको भन्दै दिनेश सञ्चार गृहको समाचार कक्षमा पुगेर व्यवस्थापक अमिता कुँवर, सह–सम्पादक जनक विष्ट र प्राविधिक कल्पनासिंहमाथि हातपात र कुटपिट गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *