पत्रकार महासंघ कैलाली द्धारा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण


धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनलाई ध्यानाकर्षण गराएको छ । कैलालीमा पत्रकार र सनचार गृहमा पटक पटक हमला हुन थालेको भन्दै ध्यानाकर्षण गराएको हो ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै सचार गृहमा आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे ।

दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन जारी राखेका छन । नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उनले घटनामा संलग्नलाई कारवाही हुने बताएका हुन ।

‘सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउँने वित्तिकै मैले प्रहरी, प्रशासनसंग कुराकानी गरेको थिए,’ मुख्यमन्त्री भट्टले भने, ‘आज पनि कैलालीका प्रमुख जिल्ला अधिकारीसंग घटनाबारे जानकारी लिएको छु । घटनामा संलग्नलाई कारवाही गर्न भनेको छु ।’

समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चार गृहमै आक्रमण गर्नु दुखद भएको मुख्यमन्त्री भट्टले बताए ।
आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

आन्दोलन अन्तर्गत भोली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५र२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *