क्याप्टेन विजय लामालाई देखियो कोरोना


काठमाडाैँ । क्याप्टेन विजय लामालाई देखियो कोरोनाकाठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका लामा अहिले सोल्टी होटलको आइसोलेसनमा छन् ।

आइतबार स्वाब दिएका लामालाई स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *