कुलमानलाई पुनस्नियुक्ति गर्न माग गर्दै जुलुस


काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिँएको छ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल सकिएको हो ।

कार्यकाल सकिए पनि जनस्तरबाट भने पुनः घिसिङलाई नै निरन्तरता दिन दबाब आइरहेको छ । यसै क्रममा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रर्दशन गरिएको छ।

नेपाल विद्यार्थी संघ, डडेल्धुराले ‘उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः नियुक्त गर्न सरकारलाई दबाब दिने उद्देश्यले डडेल्धुरा सदरमुकाममा आइतबार साँझ राँके जुलुस निकालेको हो। ‘नेपाली जनता के भन्छ, कुलमान घिसिङ ल्याऔं भन्छ’, ‘अरु आए अन्धकार, कुलमान आए चमत्कार’लगायतका नारा लगाउदै नेविसंघ डडेल्धुराले प्रर्दशन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *