कोरोना बीमा पोलिसी स्वास्थ्य बीमामा परिणत


काठमाडौं । बीमा समितिले कोरोना बीमा पोलिसीलाई स्वास्थ्य बीमा जस्तै बिलका आधारमा दावी भुक्तानी गर्ने गरी संशोधन गरेको छ । आजदेखि जारी हुने सबै कोरोना बीमाको दावी भुक्तानी अस्पतालमा उपचार गरेमा अधिकतम ७५ प्रतिशतसम्म स्वास्थ्य उपचार खर्च र घरैमा आईसोलेशनमा बसेमा २५ प्रतिशत पौष्टिक आहार खर्च दिने गरी संशोधन गरिएको हो ।

बीमा समितिले २०७७ साल बैशाख ५ गते जारी गरेको कोरोना बीमा पोलिसी संशोधन गर्दै पिसिआर पोजेटि पुष्टि भएको अवस्थामा यसअघि १०० प्रतिशत दिने दावी भुक्तानी सम्बन्धी व्यवस्था सच्याएको हो । कोरोना संक्रमितले अबदेखि कोरोना बीमाको दावी भुक्तानी लिन अस्पतालमा उपचार गराएकाहरुले डिस्चार्ज स्लीप र घरैमा आईसोलेशनमा बसेकाहरुले स्थानीय निकायबाट प्रमाणित गराएको कागजात पेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *