धनगढीमा वडा कार्यालय सिल


धनगढी । धनगढी उप–महानगरपालिकाको वडा कार्यालय सिल गरिएको छ। वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो।

असोज ३ गतेसम्मका लागि कार्यालय सिल गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए।
उनले ३ गतेसम्म कार्यालयबाट कुनै पनि सेवा प्रवाह नहुने जानकारी दिए। उनका अनुसार शुक्रबार पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमुना संकलन गरिएकोमा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *