नयाँ आलु आउदा ह्वात्तै घट्यो मुल्य, बजार मुल्य कति ?


आलुको ब्यबसायी खेती हुदा उत्पादनमा बृद्धि हुनु र नयाँ आलु बजारमा आएसँगै मुल्य घटेको हो । हुम्लामा आलुको मुल्य सस्तिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर १ अम्मरसिंह भण्डारीले हाल आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँमा बिक्री हुने गरेको बताए। ब्यबसायीक रुपमा आलु खेती गर्दै आउनु भएका भण्डारीले नयाँ आलु बजारमा नआउदासम्म प्रतिकेजी सत्तरी रुपियाँ पर्ने भएपनि नयाँ आएसंगै आधा मुल्य घटेको बताए ।

आलु खेती घरयासी प्रयोगका लागि गरिने भएको भएपनि पछिल्लो समय आम्दानी हुन थालेपछि आलुको ब्यबसायीक खेती सुरु भएको छ । हुम्लामा यो अबधि आलुको मुख्य सिजन सुरु भएको छ। ब्यबसायी आलु खेती गर्ने किसानको संख्या बृद्धि भएपछि प्रतिश्प्रर्धाका आधारमा आलुको मुल्य घटेको किसानले बताएका छन्।

यसरी किसानबाट किन्दा आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँ परेपनि बजारमा भने चालीस रुपियाँ पर्ने स्थानीय पेमा लामाले बताउदै केही समय अगाडीको तुलनामा आलुको मुल्य आधा घटेको बताए।

आलु जिल्ला भरि खेती हुने भएपनि बजारको कारण सिमकोट गाउँपालिकाका आठ वटै वडामा आलु राम्रो उत्पादन हुनेगर्छ। किसानको राम्रो उत्पादनको श्रोत आलु भएको छ। किसानहरुले पनि आलुको ब्यबसायीक खेती सुरु गर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *