समाचार

पहिलो पटक धानको हाइब्रिड बीउ उत्पादन

बाँके । जिल्लाको खजुरा गाउँपालिकामा पहिलो पटक हाइब्रिड धानको बीउ उत्पादन शुरु गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं ५ खजुराका अनुसार हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु यो वर्ष भएको छ । यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकबाट हुँदै आएको आयात अन्त्य हुनेछ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समय अगाडि

कुलमान घिसिङ दोहोरिने निश्चित, प्रस्ताव तयार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी

दिउँसो सुत्ने बानी छ ? सताउला यस्ता रोगले

एजेन्सी। शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन्। तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ। तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ। दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ

दिनेश सञ्चार गृहमा आक्रमण गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता

धनगढी। दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर( ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जाहेरी दर्ता भएको हो। सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको हो। कार्यालयमै पुगेर कुटपिट भएको २० घण्टा पुगेपनि प्रहरीले भने कसैलाई

कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने

गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको

विमान चार्टर गरी नेपालीलाई स्वदेश फिर्ता

काठमाडौं । विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो । राजदूतावासले बिदामा बहराइनबाट नेपाल आएपश्चात् फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १४५ जना नेपालीलाई पहिलो पटक

खानेपानी आयोजनामा अवरोध

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र वडा नम्बर–६ नेर्पास्थित काहुले मुहानको पानी सञ्चालनमा आफूहरुको मागलाई बेवास्ता गर्दै खानेपानी निर्माण उपभोक्ता समितिले जबरजस्त लैजान खोजेको भन्दै स्थानीय बासिन्दाले अवरोध गरेका हुन् । खानेपानी आयोजनामा पानीको मुहान उपभोग गरिरहेका सोल्मा र नेर्पाका स्थानीय बासिन्दाले

कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु

कास्की । पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट

भक्तपुर घटना श्रीमती र छोरा हत्यापछि श्रीमानले गरे आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका तीन जनाको श’व भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार श्रीमती र छोराको ह’त्यापछि श्रिमानले आत्मह’त्या गरेको हुनसक्ने देखिएको छ । दुई जनाको सुतेकै अवस्थामा धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरेर सुदिपले वि’ष से’वन गरी आत्मह’त्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध

सांस्कृतिक स्थल खुला गर्न माग

काठमाडौँ । विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ । महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो । बौद्धनाथ, स्वयम्भूनाथ,