आजबाट काठमाडौं उपत्यकामा सबै पसल खोल्न पाइने, हेर्नुहोस विज्ञप्ती


काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ ।
तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ ।

असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्टलाई पूर्ण सञ्चालनका लागि अनुमति दिइएको छ। कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन्। यसअघि अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा(मासु बिक्री वितरणमा समय तोकिएकोमा सो पनि हटेको छ।

यसअघि भदौ २४ गते निषेधाज्ञा खुकुलो पार्दै प्रशासनले केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाएको थियो। उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको प्रजिअ दाहालले बताए । उनका अनुसार खुला स्थानमा भिडभाड गर्न भने निषेध नै गरिएको छ ।

प्रशासनले बिहीबार एक सूचना समेत जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ । जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ ।

मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *