अहिलेसम्मकै धेरै १५३९ जनामा देखियो कोरोना संक्रमण


काठमाडौं । अद्यावधिक विवरण अनुसार बुधबार नेपालमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । मंगलबार मात्रै देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन एकैदिन कोरोना संक्रमित पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

हाल देशभर संक्रमित १६ हजार २४२ संख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *