युग दर्पण

पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक जना पक्राउ

काठमाडौंः पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ। लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए। पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन्। शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ। काठमाडौं

सन नेपाल लाइफद्धारा बिमितको घर आगनमै पुगी मृत्यु दाबी भुक्तानी

धनगढी।  सन नेपाल लाइफले मृतक लक्ष्मी डगौराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बेलौरी नगरपालिका कंचनपुरका मृतक लक्ष्मी डगौराको छोरालाई बीमाङ वापतको रकम र बोनश गरी दाबी वापतको ३ लाख ४३ हजार २ सय रुपैयाँ हस्तान्तरण गरेको हो । उनले कम्पनीमा १५ वर्षे अवधिको बीमा योजना खरिद गरेकी थिइन् । उनले ३ वार्षिक किस्ता समेत बुझाएकी थिइन् । उक्त रकम धनगढी शाखाका शाखा प्रबन्धक लक्ष्मीकान्त जैशीले दिएका हुन्

चौधरी ग्रुपको गत आर्थिक बर्षको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान

चौधरी ग्रुपले आर्थिक बर्ष २०७७र०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ। नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो। पछिल्लो बर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपकोयोगदान १ दशमलब ७३ प्रतिशत रहेको छ। कोभिड–१९ का कारण विश्वब्यापी अर्थतन्त्र ओह्रालो लागेर व्यापारिक कारोबारमा गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने मिति नै तोक्यो!

सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले विज्ञापन खोल्ने अन्तिम तयारी गरेको छ । विज्ञापन खोल्ने अन्तिम तयारीस्वरुप आयोगले सम्पूर्ण काम कारवाही अघि बढाइसकेको छ । लोकसेवा आयोगको कार्यालयले गत असार २५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन भनेको थियो । तर हालसम्म पनि रिक्त दरबन्दीको विवरण प्राप्त भइ नसकेको आयोगका एक पदाधिकारीले बताएका छन् ।सम्पूर्ण विवरण प्राप्त भएपछि सबैभन्दा पहिले कुन पदका लागि विज्ञापन गर्ने भन्ने तयारी गरिरहेको उनको

गोदावरीमा वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै

धनगढी – नेपालीहरूको महान पर्व तिहार तथा ‘बहुमुखी कला मन्दिर’ गोदावरी, कैलालीको १४ औँ वार्षिकोत्सवकाे शुभ अवसरमा गोदावरी नगरपालिका वडा- ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा नगरपालिका स्तरीय ‘गोदावरी वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । हरेक वर्ष कला मन्दिरकाे वार्षिकोत्सवका अवसरमा स्थानीय स्तरमा गर्दै आएका विभिन्न कार्यक्रम बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको हो । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय

खादा माला प्रयोग नगर्ने युवा संघको निर्णय

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने निर्णय गरेको छ। प्रवक्ता सञ्जीव राईका अनुसार बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको हो। युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग नगर्ने राईले बताए। अनावश्यक र अनुत्पादक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्नेले प्रवक्ता राईले बताए।अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन्।अतिथिहरु सहभागीहरुसँग बस्नेछन्।  

नारायणहिटी दरबार पसेर ‘म राजा बन्छु’ भन्दै लाउन खोजेपछि.....

धनगढीः नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन्। ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरीले

सौर्य एयरलाइन्सले पुनः सुरु गर्‍यो धनगढी–काठमाडौं उडान सेवा, भाडा कति ?

धनगढी : सौर्य एयरलाईन्सले बुधबारदेखि धनगढी–काठमाडौँ उडान सेवा पुनः सुरु गरेको छ। अन्य जहाजभन्दा १५ देखि २० मिनेट छिटो उड्ने र सुरक्षितका साथै सुविधा सम्पन्न जहाज मानिएको एयरलाइन्सले दैनिक सेवा दिने जनाएको हो। धनगढीदेखि काठमाडौं सम्मको भाडादर ४५ सय र काठमाडौंदेखि धनगढी ६ हजार कायम गरिएको सौर्य एयरलाईन्स धनगढीका ईन्चार्ज देवेस खनालले बताए। उनका अनुसार ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट

सत्यतथ्य नबुझी भ्यालीलाई बदनाम गर्न खोजेकाे भन्दै सञ्चालककाे आपत्ति

काठमाडाैँ – कीर्तिपुरस्थित भ्याली इण्टरनेसनल कन्सल्टेन्सीले कोरिया पठाउने नाममा विद्यार्थी ठगी गरेको भन्ने आरोपको खण्डन गरेको छ। भ्यालीले एक विज्ञप्ति प्रकाशित गर्दै, केही व्यक्ति र सञ्चारमाध्यमहरूले वास्तविकता नबुझी संस्थाको छवि धमिल्याउने नियतका साथ संस्थाको बदनाम गराउन खोजेको बताएकाे हाे । केही समययता केही केही संचार माध्यममा भ्यालीले कोरिया पठाउने नाममा विद्यार्थीबाट लाखौँ रकम उठाएर फिर्ता नदिएको भन्दै अफवाह फैलाइएको कन्सल्टेन्सीको गुनासो छ । कन्सल्टेन्सीका कोरिया विभाग निर्देशम धिरेन राईले दोस्रो लकडाउन अघि कोरियाको सियोलस्थित

प्रदेश १ र बागमतीमा हाम्रो सरकार बन्छ, स्वागत गर्न तयार रहनुस् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एक र तीन नम्बर प्रदेश ९बागमती० मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’ उनले आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता कार्यकर्तालाई