सूर्या लाईफ इन्स्योरेन्सले गर्यो प्रदेश ७ का कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न


धनगढी ।सूर्या लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारी हरुलाइ एक दिने तालिम  सम्पन्न गरेको छ । होटल दिनेश धनगढीमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अथिती र पश्चिम बजार प्रमुख शैलेश क्षेष्ठको विशिष्ट अथीती रहनु भएको थियो भने प्रदेश प्रमुख जगदिश प्रसाद भट्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।कम्पनिले कर्मचारि हरूलाई विभिन्न बिषयमा प्रशिक्षण दिइएको थियो । । कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवरणको महत्व बारेमा प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले प्रकाश पारेका थिए । त्यसै गरी वृत बिभागका सुमित सिन्हा ले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *