दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस


दार्चुला ।महाकाली  नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको नाम सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ ।

२०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा जन्मिएका चौसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध हुनुहुन्छ । उहाँ नेपका एमाले महाकाली नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।
अंग्रेजी विषयबाट स्नातकोत्तर गरेका चैसिरलाई १० बर्ष शिक्षण पेशमा समेत आवद्ध थिए । दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा दश जोड २ कक्षामा उहाँले अध्यापन समेत गराउनुभएको थियो ।

उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएपनि नगरपालिकाको हक हितका लागि पटक पटक खबरदारी गर्दै आइरहेका थिए । नगरपालिकाका हरेक योजना तथा नीति कार्यक्रममा उहाँको बुलन्द आवाज हुने गर्दथ्यो । जनताको हक हितका लागि उहाँ ५ बर्ष कटिबद्ध भएर प्रतिपक्षको भूमिका निर्वाह गर्नुभएको थियो । नगरपालिकामा भइरहेको बेथिती, लापरवाही तथा ढिलासुस्ती विरुद्ध जनताको पक्षबाट नगरपालिकाको ध्यानाकर्षण समेत गर्दै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *