युग दर्पण

नेपाल लाइफ को न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको माघ १३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा

बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१)र (२)मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको छ । बीमा समितिले संस्थागत सुशासन विपरित माथिल्लो तहमा अयोग्य व्यक्तिलाई नियुक्त गरे बापत १० हजार रुपैयाँ र सञ्चालक समिति मातहत गठन गरिएको उप समिति संस्थागत सुशासन विपरित भएकोले १० हजार गरी

धनगढीको बसपार्क मा होटल आशिम रेष्टुरेन्ट एण्ड लज संचालनमा

धनगढी बसपार्क मा अत्याधुनिक सुबिधा सम्पन्न होटल आशिम रेष्टुरेन्ट एण्ड लज संचालनमा आएको छ । होटलको अद्घाटन नेपाली काग्रेश बझाङ का पुर्ब पार्टी सभापती पृथ्बी बहादुर सिह र बुङल नगरपालीका का नगर प्रमुख धन बहादुर बिष्टले सयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । समय सापेक्ष रुपमा गा्रहक हरुको आबश्यक्ता लाइ मध्य नजर गदै होटल संचालनमा ल्याइएको संचालक सन्तोष भण्डारीले जानकारी दिनुभएको छ ।

कस्ता कस्ता छन ओमिक्रोन भेरियन्टका लक्षण हरु

आजभोलि घाँटी दुख्यो भनेर पिसिआर/ एन्टिजेन परीक्षण गर्ने धेरैमा कोरोना पोजेटिभ देखिने गरेको छ। घाँटीबाहेक टाउको र शरीर असाध्यै दुख्ने, शरीरमा मन्द ज्वरो, नाकबाट पानी बग्ने वा बन्द हुने, थकान महसुस हुने र कसै(कसैलाई पखाला लाग्ने पनि गरेको पाइन्छ।बालबालिकाहरूमा भने विशेषत उच्च ज्वरो, खोकी र शरीर शिथिल हुने समस्याहरू देखिएको अभिभावकहरूले (अभिभावकहरू पनि संक्रमण पुष्टि भएका) बताउने गरेका छन्। नेपाल सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २२ प्रतिशतमा ओमिक्रोन (एस(जीन नेगेटिभ

रिलायन्स लाइफको सिईओ बने राकेश पोखरेल, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेका छन् । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओ बनेका हुन् । ‘पोखरेललाई सिईओ बनाउने निर्णय पास भैसकेको छ, आज भोलीमै पत्र दिन्छौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले युगदर्पणलाइ भने । पोखरलले यसअघि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् भने उनीसँग बीमा क्षेत्रमा करिब ७ वर्ष काम गरेको अनुभव छ ।

प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर

जनकपुरधाम । प्रदेश २ को नाम मधेश नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी ९जसपा०सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले संयुक्त रुपमा प्रदेशको नाम मधेश

नेशनल लाइफद्वारा पुरानै बोनस दर कायम

काठमाडौँ – नेपालकै अग्रेणी बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो पुरोनै बोनसदर लाई कायम गर्न सफल भएको छ । अन्य कम्पनीको बोनस दर घटबढ भइरहेको बेला नेशनल लाइफ इन्स्योरेन्सले भने पोहोर सालकै बोनस दरलाई निरन्तरता दिन सफल भएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सहमति भाँडियो

काठमाडौं । दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव शुक्रबार हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत भयो । बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए । ‘विशेष प्रस्ताव पारित हुन ७५ प्रतिशत मत चाहिन्थ्यो, सञ्चयकोषसहितका ठूला लगानीकर्ता विपक्षमा देखिँदा प्रस्ताव पारित हुन सकेन’ उनले भने ।

बाढी पहिरो प्रभावित क्षेत्र दुहुँको कानुन मन्त्री बडूद्वारा स्थलगत अनुगमन

दार्चुला : कानून, न्याय तथा संसदिय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले बाढी प्रभावित क्षेत्र दुहुँको स्थलगत अवलोकन गर्नुभएको छ । बिहीवार मन्त्री बडूले दुहुँ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका नरोली, बत्थोली, गरमोरा लगायत क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । गत भदौ १३ गते आएको बाढी तथा पहिरोले दुहुँमा ठूलो जनधनको क्षति गरेको थियो । क्षतिकै आधारमा सरकारले गत मंसिर महिनामा दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।

कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा निर्देशन दिएको हो । समितिले कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहकहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ। त्यस्तै, कार्यालयमा उपस्थित