दार्चुला एमालेमा भाँडभैलो, प्रदेश कमिटीको निर्णय जिल्लाले नमान्दा लफडा


दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा उम्मेदवार चयनको विषयलाई लिएर नेकपा (एमाले) भित्र चरम असन्तुष्टि र विरोध देखिएको छ । पार्टीको प्रदेश कमिटीले सिफारिस गरेका व्यक्तिको नाम काटेर अर्का व्यक्ति उम्मेदवारको रुपमा अघि बढाइएपछि पार्टी भित्रैबाट विरोध भएको हो ।

नगरपालिकाको मेयरको उम्मेदवारको रुपमा कसलाइ सिफारिस गर्ने भनेर सहमती हुन नसकेपछि जिल्ला कमिटिबाट निर्णय गर्न प्रदेश कमिटीमा पठाइएको थियो । युवा नेता शेर सिंह धामी र २०७४ सालको निर्वाचनमा पराजित अर्का नेता नर सिंह चैसिरबीच सहमती हुन नसकेपछि निर्णयको लागि प्रदेश कमिटीमा पठाइएको हो । तर प्रदेशले गरेको सिफारिसलाई अवज्ञा गरिएको छ ।

एमालेको प्रदेश कमिटिले शेर सिंह धामीको नाम सिफारिस गरेर पठाइएको भए पनि जिल्ला कमिटिले नर सिंह चैसिरलाई नै भावी मेयरका रुपमा अघि बढाएर सर्व सम्मत सहमती भएको दाबी गरेको छ । महाकाली नगरपालिकाको प्रमुखमा चैसिरलाई सिफारिस गरिएपछि पार्टीभित्र व्यापक असन्तुष्टि र विरोध देखिएको छ । जिल्ला कमिटीले प्रदेशको निर्णय नमानेको भन्दै व्यापक विरोधको आवाज उठेको छ । स्वच्छ र इमान्दार छवि भएका र पार्टीलाई अतुलनिय योगदान दिएका शेर सिंह धामीलाई छोडेर चैसिरलाई सिफारिस गरिएको प्रति कार्यकर्ता रु नै आक्रोशित देखिएका छन् । सिङ्गो जनमत र कार्यकर्ताहरुको भावना विपरीत गरेको कार्य मान्य हुँदैन भनेर सामाजिक सञ्जालमा व्यापक टिप्पणी भइरहेको छ ।      @साभार Newshousenepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *