कञ्चनपुरमा एमाले सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते


महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेका सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा बागमति प्रदेश १३७६ नम्बरको सरकारी गाडीले म२प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् ।

जिपको ठक्करबाट बेदकोट नगरपालिका सुन्दरपुरका राजकुमार राना र करन राना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार घाइतहरुको टाउको र खुट्टामा चोट लागेको छ ।

‘दुबै जनालाई उपचारका लागि धनगढी पठाएका छौं,’ उनले भने, ‘मोटरसाइकल र जिप नियन्त्रणमा लिएका छौं, चालक भनेर फरार छन् ।’ जीपमा एमालेका सांसद दिपकप्रकाश भट्ट, निरुदेवी पाल, नरबहादुर धामी र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट सवार थिए ।

‘गाडीमा सांसद र मेयरलगायत थिए भन्ने बुझिएको छ,’ उनले भने, ‘हामी सीसीटीभी फुटेज पनि हेर्छौ, चालकको खोजी भइरहेको छ ।’ उक्त सरकारी जिपलाई निरु पालले प्रयोग गर्दै आएको बुझिएको छ ।

आज एमाले प्रदेश कमिटीले कंचनपुरका पालिकाहरुको उम्मेदवारि टुंगो लगाएको थियो । टिकट लिन धनगढी तर्फ जादै गर्दा दुर्घटना भएको थियो।    @simarekha.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *