महाकाली नगरपालिकाका मेयर भट्टद्धारा राजिनामा, पुनः मेयरमा लड्ने


दार्चुला :   महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पदबाट राजिनामा दिएका छन् । उनले आइतवार पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख सुना बोहरा समक्ष राजिनामा बुझाएका हुन् । भट्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा  नेपाली काँग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर भट्टले राजिनामा दिनुभएको हो ।राजिनामा बुझाउँदै उहाँले पुनः महाकाली नगरपालिका प्रमु्खको उम्मेदवार रहेकाले सम्पूर्ण मतदातालाई नगरको विकासको निरन्तरताका लागि मत दिइ विजयी गराउन आग्रह गरे । साथै काँग्रेसले भोलि दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *