युग दर्पण

के हो मालिकार्जुन दार्चुला सेवा समिति ?

भौगोलिक पहिचान बोकेर स्थापना भएका समाजिक संस्थाहरुलाई लिएर पछिल्लो समय विभिन्न बहस हुन थालेका छन्। कोही यसलाई आवश्यकता ठान्छन् भने कोही यसलाई बढी महत्वाकांक्षी। कोही फेरि केही अलग्गै ठान्लान्। यसभन्दा थोरै पर बसेर यी संस्थाहरुका गतिविधिलाई नियाल्ने हो भने केही संस्थाहरूले समाजिक कामलाई बढी विशेष र फरक तरिकाले गरेको पाइन्छ। विशेष र फरक गरिरहेको गरिरहेका मध्येको एक संस्था हो मालिकार्जुन दार्चुला सेवा समिति। जसले पछिल्लो ३ वर्षदेखि हरेक रक्तदान कार्यक्रम

नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गोविन्दलाल संघाइले आफू निकटको व्यक्तिलाई नियुक्ति गर्न संस्थागत सुशासन निर्देशिका २०७५ को ठाडो उलंघन गरेका छन् । संस्थागत सुशासन निर्देशिका विपरित अध्यक्ष संघाइले बैंक, वित्तीय संस्था वा बीमा क्षेत्रमा विल्कुलै अनुभव नभएका अमित कयाललाई शुरुमा सिधै सहायक महाप्रबन्धक पदमा नियुक्त गरेका हुन् । कयालले २०७७ असार २२ गते यो पदमा करारमा नियुक्ति पाएका हुन् । संस्थागत सुशासन निर्देशिकाको मात्र उलंघन नभएर कम्पनीकै

गरिमा विकास बैंकको धनगढी शाखाले रक्तदान कार्यक्रम गरी मनायो १५ औँ वार्षिकोत्सव

धनगढी । गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय धनगढीले १५ औँ वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान, जीवनदान भन्ने नारासहित बैंकले मंगलबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालमा हुने रगत अभावलाई मध्येनजर गर्दै बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ पोइन्ट रगत संकलन भएको बैँकका शाखा प्रमुख यादव प्रसाद पन्त जानकारी दिए । सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए । आफ्नो १५ औँ

हिमालयन रि इन्स्योरेन्सले ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने

काठमाडौ । निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पूनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले आउँदो वर्ष ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले थप ३ अर्ब रुपैयाँ पूँजी जुटाउनको लागी सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको हो । गत असार ३१ गतेबाट कारोबार शुरु गरेको हिमालयन रिको संस्थापकहरुले ७ अर्ब रुपैयाँ पूँजी लगानी गरिसकेका छन् ।अधिकृत पूँजी २१ अर्ब रुपैयाँ कायम गर्दै तत्काललाई

प्रचण्ड अस्पताल भर्ना

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । प्रचण्डकी छोरी गंगा दाहालका अनुसार कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई रक्तचाप बढ्न गएको हो । ‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ’ उनले

फ्युचर बोनसले सूर्या लाइफलाई असर गरेन , बोनसदर स्थिर राख्न सफल

काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई स्थितर राख्न सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनशदर धेरै नै तल झर्ने आकलन गरिएको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७५र७६ कै बोनसदरलाई निरन्तरता दिन सफल भएको हो । कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय

गुराँस लाइफ इन्स्योरेन्सको सिईओमा बिपिन कुमार लाल नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बिपिन कुमार लाल नियुक्त भएका छन् ।कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई नियुक्त गरेको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले स्वीकृती र कम्पनीको संचालक समितिले कातिक ३ गते देखि लागु हुने गरि उनलाई सिईओमा नियुक्त गरेको हो । सिईओ बिपिन कुमार लाल यसअघि एलआइसी नेपालमा आवद्ध थिए ।  

मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले

मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा, कर्पोरेट भवन बनाउने

काठमाडौं । मेगा बैंकले प्रधान कार्यालय रहने गरी काठमाडौंमा जग्गा खरिद गर्ने भएको छ । बैंकले १ अर्ब १६ करोड १ लाख रुपैयाँमा काठमाडौंको वडा नम्बरमा ५ मा जग्गा किन्ने भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त जग्गा किन्ने निर्णय गरेको हो । जग्गाको बैना समेत भइसकेको र अब चाडै बैंकको नाममा पास गर्ने तयारी गरिएको छ । अहिले कमलादीको राइजिङ मलमा कर्पोरेट कार्यालय भाडामा बस्दै आएको

हास्य कलाकार मनोज गजुरेलले गरे मन्जुसँग विवाह

काठमाडौं। हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले आज विवाह गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनीहरुको विवाह डोलेश्वर महादेव मन्दिरमा आज आफन्तको उपस्थितिमा सम्पन्न भएको हो । गजुरेलले लामो समयको मिना ढकालसँगको वैवाहिक सम्बन्धलाई ४ वर्ष पहिले कानुनी रुपमा तिलाञ्जली दिएका थिए । उनीहरुको एक छोरा र एक छोरी छन् । गजुरेलले जीवनयात्राको क्रममा आत्मीय साथको आवश्यकता