जसपाका सुदूरपश्चिम अध्यक्ष पुन माओवादी केन्द्रमै फर्किए


धनगढी  । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार नै जसपा छाडेको घोषणा गरेका उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

चौधरीसहितका नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने प्रचण्डले बताए ।

विप्लवतिर गएका केन्द्रीय नेताहरु पनि आउने भन्दै उनले भने, ‘कैलालीमा त २०६४ को नजिक पुग्छ भन्नेमा विश्वस्त छु ।’

०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय उनी ०५६ मा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए ।

०५८ देखि माओवादीमा पूर्णकालीन बनेका उनी ०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीबाट प्रत्यक्षतर्फ निर्वाचित भए ।

उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपाको केन्द्रीय सदस्य बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *