गठबन्धनमा सहमती : धनगढीको मेयरमा काँग्रेस उपमेयरमा माओबादीले उम्मेदवारी दिने


धनगढी । पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलाएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार सहमतिपछि अब त्यसलाई लिखित रूप दिने तयारी भइरहेको छ।

६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा ९एकीकृत समाजवादी० ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।

उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एकरएकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ।

एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्। मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ।

यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई ९काठमाडौं र पोखरा० एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।

उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने कांग्रेसले धनगढी र कलैयामा जित हात पारेको थियो। धरानमा उपनिर्वाचन हुँदा मेयर कांग्रेसले जितेको थियो। नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *