कैलाली प्रहरीको कार्यालयबाटै चिनी गायब प्रकरणः एसपीमाथि छानबिन


धनगढीः कैलाली प्रहरीले धनगढीको मुख्य बजार क्षेत्रबाटै बरामद गरेको अवैध १८ कठ्ठा अर्थात ९ क्विन्टल चिनी रातारात गायब भएको प्रकरणमा छानबिन हुने भएको छ। उक्त  प्रकरणमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएपछि छानबिन हुने भएको हो    सो प्रकरणमा कैलालीका प्रहरी प्रमुख तथा एसपी सोमेन्द्रसिंह राठौरमाथि छानबिनका लागि समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरिएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलासिंह रावलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। छानबिनका क्रममा प्रहरीको बदमासी देखिए एसपीसहितका संलग्न अधिकारीलाई कारबाहीको दायरामा ल्याउने बताइएको छ।   भदौ ८ गते राति प्रहरीले बरामद चिनी भोलिपल्टै बिहान गायब भएको थियो। त्यो चिनी अहिलेसम्म भन्सार कार्यालयमा बुझाइएको छैन। प्रहरीले नियन्त्रणमा लिएको चिनी र अटोलाई भन्सारमा बुझाउनु पर्ने हुन्छ। तर, प्रहरीले आर्थिक लाभ लिएका कारण तस्करीमा प्रयोग भएको अटो र चिनीलाई प्रहरीले सहजै छोडेको थियो। यसबारे जिल्ला प्रहरी कार्यालयले भने अनभिज्ञता प्रकट गरेको थियो। प्रदेश प्रहरी कार्यालयले यसअघि पनि चिनीको सम्बन्धमा कैलालीका एसपी राठौरसँग मौखिक जबाफ माग गरेकाे थिए। @Dineah khabarबाट साभार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *