स्वास्थ्य

विश्व बिरामी सुरक्षा दिवस: ‘स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद दिदै थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह पनि गर्नुभएको छ

कालिकोट कोरोना मुक्त

मान्म । कालिकोट कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएको सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताउनुभयो । कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र २ हजार ६६१

रुसले भारतलाई १० करोड डोज कोरोना खोप दिँदै

मस्को । रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष ९आरडिआइएफ० ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ । कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ । कोषले भारतीय नियामक निकायबाट अनुमति

सेती अञ्चल अस्पतालमा प्लाज्मा थेरापी गराएकी कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वास प्रश्वासमा समस्या आएपछि भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा महिलामा सुगर र थाइरोइडको समेत समस्या

अहिलेसम्मकै धेरै १५३९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । अद्यावधिक विवरण अनुसार बुधबार नेपालमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । मंगलबार मात्रै देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन एकैदिन

भारतमा कोरोना सङ्क्रमितको संख्या ४९ लाख, मृतक भने ८० हजार नाघे

नयाँदिल्ली । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् । सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको

चट्याङ लागेर एक बालिकाको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लामो दूरीका यातायात चलाउन यी नियम मान्नै पर्ने

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएको सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । सोमवार बसको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै छोटो तथा लामो दुरीको यातायात र आन्तरिक हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा असोज १ गते देखि संचालन हुने बस व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने परराष्ट्रमन्त्री

धनगढीमा वडा कार्यालय सिल

धनगढी । धनगढी उप–महानगरपालिकाको वडा कार्यालय सिल गरिएको छ। वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो। असोज ३ गतेसम्मका लागि कार्यालय सिल गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए। उनले ३ गतेसम्म कार्यालयबाट कुनै पनि सेवा प्रवाह नहुने जानकारी दिए। उनका अनुसार शुक्रबार पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमुना संकलन गरिएकोमा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो।

उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस

काठमाडौं । काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस भएको छ । आज विहान पाँच बजेर २० मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।