समाचार

जन्ती बोकेको जिप दुर्घटना : एकको मृत्यु, एघार घाइते

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ६ हिरापुरमा आज जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा परी ११ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ का ५५ वर्षीय देवीलाल जोशी रहेका बैतडीका प्रहरी प्रवक्ता किशोर सिंह ऐरीले जानकारी दिनुभयो । यस्तै, दुर्घटनामा परी जिपका चालक दशरथचन्द नगरपालिका–९ का २५ वर्षीय तारन जोशी र सोही ठाउँका ३७ वर्षीय

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

काठमाडौँ । दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी

१९ मध्ये १६ जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर, कसको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को लागि धमाधम नयाँ बोनसदर घोषणा गरिरहेका छन् । १९ जीवन बीमा कम्पनीहरुमध्ये १६ वटा कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीले मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा नयाँ बोनसदर घोषणा गरेका हुन् । जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल,

अभिकर्तालाई दिएको कर्जा तत्काल उठाउन नसक्ने अवस्थामा बीमा कम्पनी, थप समयको माग

काठमाडौं । बीमा कम्पनीहरुले असार मसान्तसम्ममा अभिकर्तालाई दिएको कर्जा उठाउन नसक्ने भन्दै बीमा समितिमा गुनासो गरेका छन् । बीमा समितिले बैशाख २ गते सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई असार समान्तसम्ममा अभिकर्तालाई दिएको कर्जा उठाउन निर्देशन दिएको थियो । बीमा कम्पनीहरुले बिना धितो नियम विपरित अभिकर्ताहरुलाई करोडौ रुपैयाँ कर्जा दिएको पाए पछि यस्तो कर्जा तत्काल रोक्न निर्देशन दिएको छ । कर्जा प्रवाहमा रोक लगाउनुका साथै अहिलेसम्म प्रदान भएको कर्जा असार मसान्तसम्ममा असुल

यस्तो छ होटल तथा रेष्टुरेन्ट संचालनका लागी मन्त्रिपरिषदले आज गरेको निर्णय

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

हुम्ला / हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ। नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’ ६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर

जसपाले  आफ्नौ नेतृत्वको सरकारमा कसलाइ बनाउदै छ नयाँ प्रधानमन्त्री

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) मा आफ्नै नेतृत्वमा सरकार बनाउन आन्तरिक सममति जुटाएको छ। राजधानी काठमाडौँमा आयोजित दुई दिनसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो। तर, डा। बाबुराम भट्टराई वा महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लाग्न बाँकी रहेको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक नयाँ वर्षका कारण केही दिनका लागि स्थगित भएको छ। दुई दिनसम्म चलेको बैठकमा सत्ता समीकरणका विषयमा छलफल भएको थियो। जसपाका अध्यक्ष उपेन्द्र यादव र

कोरोना महामारीमा नेपाली सेयर बजारको नयाँ रेकर्ड

काठमाडौं । सेयर बजारमा २०७७ सालको अन्तिम कारोबार भएको दिन मंगलबार बजार परिसूचक नेप्से २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ अंकमा पुगेको छ । यो, हालसम्मै उच्च विन्दु हो । अर्थात नेपाली सेयर बजारले एउटा इतिहास रचेर २०७७ साललाई बिदा गरेको छ । नेप्से परिसूचकमात्रै होइन यो वर्ष दैनिक हुने सेयर कारोबार रकम, बजार पुँजीकरणलगायत धेरै कुरामा नयाँ रेकर्ड बनेको छ । मंगलबारसम्म सेयर लगानीकर्ताको पुँजी ३७ खर्ब

बीमा कम्पनीप्रति आक्रामक बने अध्यक्ष शिलवाल, संस्थागत शुसाशनमा कम्पनी बसेको पाइएन

काठमाडौं । बीमा समितिका अध्यक्ष शुर्यप्रसाद सिलवाल बीमा कम्पनीहरुप्रति आक्रामक बनेका छन । मंगलबार सगरमाथा इन्स्योरेन्स कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई किरा मर्नेगरी गाली गरेका छन । समितिको अध्यक्ष बनेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका सिलवालले बीमा कजारमा ज्यादै विकृती रहेको भन्दै यसअघिका व्यावस्थापनको कमजोरी रहेको बताए । उनले अहिलेपनि बीमा कजारमा अण्डरकटिङ ज्यादै रहेको बताए । बीमा समिति र बीमा कम्पनीविच सहमतीमा रेट निर्धारण हुन्छ तर

भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाको जानकारी संसदलाई दिन गगन थापाको माग

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोभिडको कारण रोजगारी गुमाएका र कोरियाको भाषा परीक्षा पास गरेर पनि जान नपाएका व्यक्तिहरुको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कोरियामा काम गरेर विदामा आएर पनि फर्किएर जान नपाएका नेपालीहरुको अवस्था संसदलाई जानकारी गराउन माग गरेका हुन्। ‘उद्योग, खुद्रा व्यापार, यातायात र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन्। सरकारी तथ्यांकले भन्छ– वैदेशिक