बेलायतमा कोरोनाका कारण एक लाख ३५ हजार बढीको मृत्यु


बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा थप १६४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५  हजार १४७ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । पछिल्लो महिनामा बेलायतमा कोरोनाका कारण मृत्यु हुने डर ४७ प्रतिशत बढेको अधिकारीहरुले बताएका छन् । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ३० हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ७४ लाख नाघेको  छ । केहि समययता  बेलायतमा दैनिक संक्रमितको संख्या ३० हजार भन्दा माथी रहँदै आएको छ ।  बेलायतमा हालसम्म ९ करोड २९ लाख भन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकेको सरकारी तथ्यांकले देखाएको छ । जसमध्ये ४ करोड ८५ लाख ४८ हजार भन्दा बढीले पहिलो डोज र ४ करोड ४३ लाख ५७ हजार बढीले खोपको दुवै डोज लगाइसकेका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ९३२ जना अस्पताल भर्ना भएका छन् । यसैगरी उपचारार्थ अस्पताल भर्ना भएकामध्ये ८ हजार ६८ जना अस्पताल बेडमा छन् भने एक हजार २० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *