समाचार

बैतडीका २४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत

भारतबाट फर्कनेलाई ५ वर्ष जेल र ६६ हजार डलरसम्म जरिवाना गर्ने चेतावनी

अष्ट्रेलियाले जबर्जस्ती भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ । भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ । भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको खबरमा उल्लेख छ । आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको

कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु

कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको

राष्ट्रियसभा सदस्य निर्वाचनः प्रदेश निर्वाचन कार्यालय स्थापित

काठमाडौँ । वाग्मती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका –४ जिल्ला निर्वाचन कार्यालय भवनमा आज प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रदेश निर्वाचन कार्यालयको आज शुभारम्भ गर्नुभयो । उहाँले यही वैशाख २१ गतेदेखि राष्ट्रियसभा सदस्य एक पदमा हुने निर्वाचन क्रममा यहाँ मतदाता नामावली प्रकाशन तथा नाममा संशोधन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाउनुभयो । आगामी जेठ ६ गते रिक्त

कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो । यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उहाँहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उहाँहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । पार्टी निर्देशन विपरीत काम गरेको आरोप

भारतको आसाममा शक्तिशाली भूकम्प

काठाडौँ । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो । भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको समन्वयमा दैनिकरूपमा बजार अनुगमनलाई निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तु, तरकारी बजार र औषधि

ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

कैलाली र कञ्चनपुरमा वैशाख १६ देखि लकडाउन गर्ने निर्णय !

धनगढी । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो । यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो

अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने

काठमाडौँ । आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो