समाचार

ओलीलाई खनाल–नेपाल समूहको साढे ४ बजेसम्मको अल्टिमेटम

नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ । समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा गर्ने नेता रावलले बताए । ‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ

अक्सिजन सहित ५० शैय्याकोे आईसोलेशन तयार गर्दै दार्चुलाको महाकाली नगरपालिका

दार्चुला,   कोरोना संक्रमित बिरामीको सहजता तथा जिवन रक्षाका लागी महाकाली नगरपालिका क्षेत्र भित्र अक्सिजन सहित ५० शैय्याको आईसोलेशन निर्माण भइरहेको नगर प्रमुख हंसराज भट्टले बताउनु भएको छ । नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर नगरपालिका क्षेत्र भित्र तथा जिल्लाभरी नै फैलिसकेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सहितको आईसोलेशन तयार गरिरहेको उहाले बताउनुभयो । स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको २० लाख बजेटबाट अक्सिजन सहितको आईसोलेशन तयार भइरहेको उहाको भनाई छ । “कोरोना संक्रमित

बीमा कम्पनीहरु बन्द हुने, आन्तरिक प्रशासन मात्रै सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका छन् । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा कम्पनी लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित गराई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो । ‍ काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको

कैलालीमा जेठ ६ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा, थप कडा गर्न डीसीसीएमसी को निर्णय

धनगढी- कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो। सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले सो निर्णय गरेको हो। विश्वव्यापी महामारीको रुपमा

सूर्या लाइफको लोभलाग्दो प्रगति,८२.५४ प्रतिशतले खुद बीमा शुल्कमा उछाल, नाफामा ५५.८८ पतिशतले छलाङ

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा इन्स्योरेन्सले १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यो गत आवको तुलनामा ८२.५४ प्रतिशतले बढी खुद बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै, यस अवधिमा इन्स्योरेन्सको खुद नाफा ५५.८८ पतिशतले बढेर २९ करोड १० लाख ३५

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो।

SEE र कक्षा १२ काे परीक्षा स्थगित

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने, पुग्ला त बहुमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ । प्रधानमन्त्री ओलीको पद जोगाउने साँचो बोकेको जनता समाजवादी पार्टीले पनि विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान नगर्ने भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ । संसदमा नेकपा एमालेको मात्रै १२१ मत रहेको छ भने विश्वासको मतमा बहुमत पुग्नका

प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

काठमाडौं । पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा

संक्रमण घटाउन निषेधाज्ञा थप

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो