सौर्य एयरलाइन्सले पुनः सुरु गर्‍यो धनगढी–काठमाडौं उडान सेवा, भाडा कति ?


धनगढी : सौर्य एयरलाईन्सले बुधबारदेखि धनगढी–काठमाडौँ उडान सेवा पुनः सुरु गरेको छ। अन्य जहाजभन्दा १५ देखि २० मिनेट छिटो उड्ने र सुरक्षितका साथै सुविधा सम्पन्न जहाज मानिएको एयरलाइन्सले दैनिक सेवा दिने जनाएको हो।
धनगढीदेखि काठमाडौं सम्मको भाडादर ४५ सय र काठमाडौंदेखि धनगढी ६ हजार कायम गरिएको सौर्य एयरलाईन्स धनगढीका ईन्चार्ज देवेस खनालले बताए। उनका अनुसार ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट जहाज’ पुनः सञ्चालनमा ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *