विवाहको २७ वर्षपछि बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय
विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । उहाँहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिनुभएको हो । “विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका










