धार्मिक सम्प्रदायलाई देश सुम्पिँदा लेबनान कसरी बर्बाद भयो ?


लेबनान ! मध्यपूर्वको सुन्दर देश ! इजरायल र सिरियाको बीचमा रहेको र भूमध्य सागरसँग जोडिएको आकर्षक पर्यटकीय गन्तव्य ! तर, सुन्दर देश लेबनान अहिले आर्थिक–राजनीतिक कुरुपतामा जेलिएको छ । बितेका कयौँ दशकदेखि संकटको छायाँमा छोपिएको छ र लेबनानको सुन्दरता धुमिल हुँदै गइरहेको छ । लेबनान विश्वमै सबैभन्दा खराब आर्थिक संकटको गर्तमा भासिएको छ । आर्थिक संकटमात्रै होइन, स्वास्थ्य समस्या र फोहोरबाट सृजित खराब समस्या लेबनानमा विकराल बनिसकेको छ । मानिसहरूले अकल्पनीय ढंगले रोजगारी गुमाएका छन् । त्यहाँको मुद्राले ९० प्रतिशतभन्दा बढी मूल्य गुमाएको छ । तलब खान नपाएको सेनाले हेलिकोप्टरमा पर्यटक घुमाउन थालेको छ । सन् २०२० अगष्ट ४ मा भएको शक्तिशाली विस्फोटपछि लेबनानको अवस्था थप खराब बनेको हो । सो विस्फोटले बेरुत बन्दगाहलाई मात्रै ध्वस्त बनाएन, त्यहाँको सरकारको जग समेत हल्लाइदियो । २१७ जनाभन्दा धेरै नागरिकले ज्यान गुमाए, सात हजारभन्दा धेरै मानिस घाइते भए, तीन लाख घरपरिवार विस्थापित भए, झण्डै २० बिलियन डलर बराबरको धनमाल क्षति भयो । १५०० किलोग्रामभन्दा धेरै एमोनियम नाइट्रेड भण्डारणमा भएको विस्फोटले भवनहरू मात्रै ढलेनन्, सरकार नै ढालिदियो । प्रधानमन्त्री हसन देहाबसहित सिंगो मन्त्रिपरिषद्ले राजीनामा दियो । सो विस्फोटको असर अझै थामिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *