सन नेपाल लाइफद्धारा बिमितको घर आगनमै पुगी मृत्यु दाबी भुक्तानी


धनगढी।  सन नेपाल लाइफले मृतक लक्ष्मी डगौराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बेलौरी नगरपालिका कंचनपुरका मृतक लक्ष्मी डगौराको छोरालाई बीमाङ वापतको रकम र बोनश गरी दाबी वापतको ३ लाख ४३ हजार २ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

उनले कम्पनीमा १५ वर्षे अवधिको बीमा योजना खरिद गरेकी थिइन् । उनले ३ वार्षिक किस्ता समेत बुझाएकी थिइन् । उक्त रकम धनगढी शाखाका शाखा प्रबन्धक लक्ष्मीकान्त जैशीले दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *