सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने मिति नै तोक्यो!


सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले विज्ञापन खोल्ने अन्तिम तयारी गरेको छ । विज्ञापन खोल्ने अन्तिम तयारीस्वरुप आयोगले सम्पूर्ण काम कारवाही अघि बढाइसकेको छ । लोकसेवा आयोगको कार्यालयले गत असार २५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन भनेको थियो ।
तर हालसम्म पनि रिक्त दरबन्दीको विवरण प्राप्त भइ नसकेको आयोगका एक पदाधिकारीले बताएका छन् ।सम्पूर्ण विवरण प्राप्त भएपछि सबैभन्दा पहिले कुन पदका लागि विज्ञापन गर्ने भन्ने तयारी गरिरहेको उनको भनाई छ । हाल लोकसेवा आयोग नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड र पदाधिकारी, कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले रिक्त दरबन्दीको विवरण पठाउन ढिलाई गरेपछि पाठ्यक्रम तयार गर्न पनि समय लाग्ने देखिएको छ। प्रदेशका ८८ वटा स्थानीय तहमध्ये केहीले मात्र विवरण पठाएका छन् भने अधिकांशले वेवास्ता गरिरहेका छन्। रिक्त कर्मचारीको विवरण प्राप्त भएपछि मात्रै कुन पदका लागि विज्ञापन खोल्ने भन्ने बाटो खुल्ने छ। तर कर्मचारी अभावकै कारण विकास निर्माण लगायत सेवा प्रवाह द्रुतगतिमा हुन नसकेको बताउदै आएको प्रदेश सरकार रिक्त दरबन्दीको विवरण नपठाएर लोकसेवा आयोगको विज्ञापन खोल्नका लागि बाधक बनेको छ।
सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सबै स्थानीय तहले रिक्त दरबन्दीको विवरण पठाए अबको १५ दिन भित्रै विज्ञापन खोल्ने तयारीमा लोकसेवा आयोग छ। तत्काल उक्त विवरण प्राप्त भए दुई हप्ता भित्रै पाठ्यक्रम तयार गरेर विज्ञापन खोल्ने बताइएको हो। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग २०७७ चैत ४ गते स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *