खादा माला प्रयोग नगर्ने युवा संघको निर्णय


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने निर्णय गरेको छ। प्रवक्ता सञ्जीव राईका अनुसार बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको हो।

युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग नगर्ने राईले बताए। अनावश्यक र अनुत्पादक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्नेले प्रवक्ता राईले बताए।अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन्।अतिथिहरु सहभागीहरुसँग बस्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *