समाचार

कैलालीमा निषेधाज्ञा ५ दिन लम्बियो

धनगढी । कैलालीमा जारी गरिएको निशेनिषेधाधाज्ञा भदौ १९ गते राती १२ः०० बजे सम्मका लागि निरन्तरता दिईने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बहोराको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठले सो निर्णय गरेको हो । कैलालीमा भदौ ४ गते राति १२ बजे देखि १४ गते राति १२ बजे सम्मका लागि निशेधाज्ञा जारी गरिएको थियो । जारि निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा सकारात्मक प्रभाब परेको भन्दै आज उक्त निर्णय गरेको बताईको छ

विनोद चौधरी कोरोनाबाट संक्रमित

काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उहालाई शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

घट्यो सुनको मूल्य, आजको बजार भाउ कति  ?

काठमाडौं । सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको ९७ हजार ६ सय रूपैयाँ प्रतितोलामा कारोकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको सुरूदेखि नै घटेको सुनको मूल्य बिहीबार बढेको भए पनि शुक्रबार पुनः घटेको हो। मंगलबारका सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन तोलाको

कैलालीमा १० जना बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीमा बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो। सिविल बैंक र ग्लोवल आइएमई बैंकका चार र चार जना, कृषि विकास बैंक र सानिमा बैंकका एक र एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो। पहिलो पटक भदौ १ गते धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको

लघुवित्तमा कोरोनाको प्रभाव, कारोबार खुम्चदा वासलातमा धक्का

काठमाडौँ । कोरोनाका कारण भएको लकडाउन र त्यसपछिको निषेधाज्ञाको प्रभाव लघुवित्त कम्पनीहरुमा पनि परेको छ । समयमै कर्जा उठाउन नसक्दा उनीहरुको प्रतिवेदननै डिफल्ट र ओभरड्यु हुने खतरा बढेको छ । यसले ठूलो नोक्सान देखिने लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल बताउँछन् । जसका कारण पुँजी पर्याप्तता अनुपात ९क्यापिटल एडुकेसी० को सीमामा रहन नसक्ने अवस्था आउने उनको भनाइ छ । क्यापिटल एडुकेसीको न्युनतम सीमा बचाइ राख्न नसक्दा कारबाहीमा परिने डर लघुवित्तहरुमा

कारबाही गर्न थालेपछि मास्क प्रयोग गर्ने बढे

डोटी । मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न शुरु गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको ३६ नम्बर गणबाट खटिएको प्रहरी टोलीले चेतावनी स्वरुप रु १०० जारीवाना तिराउन शुरु गरेको हो । फिल्डमा खटिएको प्रहरी टोलीले बिहीबारसम्म कम्तिमा पनि ४०० भन्दाबढी मास्क प्रयोग नगरी

सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ

चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको हुन् । सामाजिक सञ्जालमा

स्याङ्जामा निषेधाज्ञा एकहप्ता थपियो

वालिङ । स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको

काँग्रेसद्वारा रौतहट र मोरङ घटनाको अनुसन्धान गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसले रौतहट र मोरङमा दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति ध्यान आकृष्ट भएको जनाएको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय बिजयराम चमार परिवारका सदस्यले दिएको जानकारीअनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश

सङ्क्रमण अझ बढ्ने स् स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताउनुभयो । उहाँले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले सङ्क्रमण देखिएपछि आइसोलेसनमा