रिलायन्स लाईफको शेयर नेप्सेमा सूचिकृत, कति छ ओपनिङ रेन्ज ?


काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ आज नेप्सेमा सूचिकृत भएको छ । नेप्सेले सो कम्पनीको दुई करोड १० लाख कित्ता प्राथमिक शेयर सूचिकृत भएको जनाएको छ । सो मध्ये ६३ लाख कित्ता सर्वसाधारण समुहको हो भने एक करोड ३७ लाख कित्ता शेयर संस्थापक समुहको हो ।

रिलायन्स लाईफको शेयर कारोबार सम्भवतः भोलिबाट हुनेछ । ओपनिङ रेन्ज न्यूनतम १०७।५९ देखि अधिकतम ३२२।७७ रुपैयाँ तोकिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचिकृत
रिलायन्स लाइफ इन्स्योरेन्स लि। ले मिति २०७७र०५र०४ देखि २०७७र०५र०८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरी मिति २०७७र०५र१२ गतेका दिन बाँडफाँट गरेको रु। १०० अंकित दरका ६३,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज लि। ९नेप्से० मा सुचिकृत भएको छ । सो समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदले हस्ताक्षर गर्नुभयो ।
रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्न लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराईज क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ । सुचिकृत शेयरको कारोबार कोड ९च्ीक्ष्० रहेको छ । बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *