धनगढीमा नेशनल लाईफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन


काठमाडौं । लकडाउनकै बीचमा धनगढीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको छ ।

कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले आइतबार नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेका हुन् । धनगढी शाखा प्रमुख उमाकान्त जोशीको उपस्थितिमा आयोजित कार्यक्रममा नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको कम्पनीले जनाएको छ । प्रमुख अतिथि रामचन्द्र तिवारीले निकट भविष्यमा सो क्षेत्रमा थप एजेन्सी कार्यालय पनि खोलिने बताए ।

एजेन्सी कार्यालय प्रमुख चिफ बिजनेस म्यानेजर गणेश थापाले सुदुर पश्चिममा रहेर उल्लेख्य बीमा व्यवसाय गर्दै आएका छन् । एजेन्सी कार्यालय प्रमुख थापाले नयाँ बीमा तथा पुरानाको नवीकरण ब्यवस्थापनमा सहजीकरण गर्ने भएकोले यो एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *