जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता
जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव प्राप्त गर्न सर्लाहीको हरिवनमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षाबाहेक अन्य सोच्ने बेला अहिले नरहेको स्पष्ट पार्नुभयो । उहाँले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा