राजनीति

कांग्रेसबाट निर्वाचित  वडाध्यक्षले अाफुले पाउने सम्पुर्ण सुबिधा काे १५ लाख रकम विद्यालयलाई सहयोग

धनगढी – बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गरेका छन् ।जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले सेवा सुविधा बापदको पाए सरह १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिएका हुन् ।उनले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत वडाध्यक्ष बिष्टले शुक्रबार आयोजित कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम दिएका हुन् । भोपुरलाई प्रदान गरेका हुन ।उनी २०७४ मा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका

न्याय सम्पादन सुधारका लागि कानून निर्माण र संशोधन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले नयाँ कानून निर्माण गर्नुपर्ने वा विद्यमान न्याय प्रशासनसँग सम्बन्धित कानूनमा संशोधन गर्नुपर्ने भए सो समेतको मस्यौदासहितको अध्ययन प्रतिवेदन पेस गर्न कार्यदल बनाएको छ ।कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै १० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी मन्त्रालयका सहसचिव नेतृत्वको कार्यदल गठन गरेका हुन् ।कार्यदलको सदस्यमा सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, न्याय परिषद्, नेपाल कानून आयोग र नेपाल बार एशोसियशनको प्रतिनिधि रहेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।उनका

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। उनको स्थायी घर सुर्खेत हो ।

उद्योगी हमालले गरे धनगढीको मेयरमा उम्मेदवारी घोषणा

धनगढी । सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।दोस्रो पटक धनगढीको मेयरमा चुनाव लड्न लागेका हमालले धरै समर्थकहरूका बीच उम्मेदवारी घोषणा गरे । उनी यसअघिको स्थानीय तहको चुनावमा पनि स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए । यद्यपि उनी त्यसबेला पराजित भए । उनले अन्तिम पटक उम्मेदवारी दिएको बताउँदै भने,

एमसिसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो : सञ्चारमन्त्री कार्की

काठमाडौँ , मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट, (एमसिसी)बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छफफल भर्खरै सकिएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । छलफलमा सहभागी भएर

राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग

बाग्मती, राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । “अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ

एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा

काठमाडौँ, प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुग्नुभएको हो । गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुभएको थियो । सोही दिन नै ओलीले बालुवाटार छाड्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ : डा. कोइराला

विराटनगर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो । उहाँले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन दलसँगभन्दा पनि सरकारले

कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौँ, नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्रीप्रसाद पाण्डे र जीवन

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै