उद्योगी हमालले गरे धनगढीको मेयरमा उम्मेदवारी घोषणा
धनगढी । सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।दोस्रो पटक धनगढीको मेयरमा चुनाव लड्न लागेका हमालले धरै समर्थकहरूका बीच उम्मेदवारी घोषणा गरे । उनी यसअघिको स्थानीय तहको चुनावमा पनि स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए । यद्यपि उनी त्यसबेला पराजित भए । उनले अन्तिम पटक उम्मेदवारी दिएको बताउँदै भने,