पूर्व मेयर भट्टले दिए नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई


दार्चुला : महाकाली नगरपालिकाका पूर्व मेयर हंसराज भट्टले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिनुभएको छ । मंगलवार जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उपस्थित हुनुभएका भट्टले महाकाली नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई टिका लगाउदै बधाई दिएका हुन् । ३० वैशाख २०७९ (शुक्रवार) सम्पन्न स्थानीय तहको निर्वाचनबाट महाकाली नगरपालिकाको प्रमुखमा एमालेबाट नरसिंह चैसिर र उपमेयरमा एमालेकै दुर्गा कुमारी विष्ट निर्वाचित हुनुभएको छ ।

पूर्व मेयर भट्टले असल राजनीतिक संस्कार देखाएको भन्दै धेरैले सामाजिक सन्जालमा उहाँको प्रशंसा गरेका छन् । भट्ट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट महाकाली नगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *