गुल्मी काे गुल्मी दरबार गाउपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी


काठमाडौँ । गुल्मीको गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५ सय ६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७ सय ७७ मत अन्तरले विजयी भएका हुन् ।अध्यक्षमा विजयी थापाले ६ हजार १ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा ढेंगाले ६ हजार २ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका शुसिला पुनले ५ हजार ५ सय मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *