अपी हिमाल—१ मा गठबन्धनको प्यानल विजयी


दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्याल विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएको बताइएको छ । लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । लोथ्याल कांग्रेसकातर्फबाट गठबन्धनका उम्मेदवार हुन् । सदस्यमा खडक सिंह जागरी, विन्दा जागरी, विक्रम सिंह जागरी विजयी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *