एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी


 

ओखलढुंगा – नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मिलनकुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो ।

विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए।

लिखु गाउँपालिका-९ -साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

‘उनीविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा उजुरी दर्ता भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक(डीएसपी) सुकदेव खनालले भने, ‘अनुसन्धान भइरहेको छ, प्रमाणहरु लगभग जुटाइसकेका छौँ, सबै प्रक्रिया पूरा भइसकेपछि पक्राउ गरि अदालत लैजान्छौँ ।’

नेपाली कांग्रेसको तर्फबाट लिखु गाउँपालिकाकै अध्यक्ष पदका उम्मेदवार अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतलाई दोहोरो नागरिकता र बैंकिङ कसुरमा कालोसूचीमा परेको भनी उजुरी दर्ता गरेका थिए ।  खबर डबली बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *