कांग्रेसको नुवाकोट सभापतिमा रमेश महत विजयी
काठमाडौं । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापतिमा रमेश महत झिनो मतान्तरले विजयी भएका छन् । उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गरे । महतले ८३३ र केसीले ८२३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । केसी र महत दुबै संस्थापनइतर समूहकै उम्मेदवार हुन् । नवनिर्वाचित सभापति महत कांग्रेस नेता डा। रामशरण महतका भतिजा हुन् भने पराजित केसी अर्जुननरसिंह केसीका भाइ हुन् । महतलाई संस्थापन पक्षको समर्थन थियो ।