फिचर समाचार

यी हुन् कोरोना भाइरस उच्च संक्रमण रहेका दस देश

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको

यस वर्षको अर्थशास्त्रतर्फको नाेबेल दुई अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौँ। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ । सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो । उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो । अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको

कोरोनाबाट एकैदिन थप ९ जनाको मृत्यु, ४ हजारभन्दा धेरै संक्रमित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ रहेको जनाएको छ । सोमवार एक सूचना जारी गर्दै मन्त्रालयले २ महिला र ७ जना पुरुषको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा सुनसरीका तीन पुरुष, काठमाडौँकी १ महिलासहित २ पुरुष, ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका एक पुरुष रहेका छन् । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको

अब काठमाडौँका सबै सरकारी अस्पताल कोरोना अस्पताल

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। सोमबार नै प्रमुख सचेतकबाट शाहलाई हटाई सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले जनाएका छन् । आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता

दुई भारतीयले बनाए नेपाली नागरिकता

काठमाडौँ । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन्। बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

एजेन्सी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली ९बाल्कोनी०बाट शनिबार साँझ सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो । राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाभाइरसका लक्षणहरु नदेखिएको

आफ्नै पार्टी बाट निर्वाचित मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित

गेटा मेडिकल कलेजले एमबीबीएसको पढाई सुरु गर्न अनुमती पायो, कहिले देखी हुन्छ पढाइ ?

धनगढी । गेटा मेडिकल कलेजमा अगामी २०८० साल भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमती भएको छ। २७ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच भएको ८ बुँदे सहमतीमा गेटामा २०८० सालको फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी भएको पहिलो बुँदाको ‘ख’ मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भईसकेको, अस्पताल भवन, छात्रबास

अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडे यस्ता छन सहमति का ८बुँदा

काठमाडौं । सरकार र डा। गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा। केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । डा। केसीले भोलि आइतबार विहान ९ः३० बजे अनसन तोड्नेछन् । केके भयो सहमति रु सरकार र डा।केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु