राप्रपा केन्द्रीय समिति विस्तारप्रति नेता लेखकको आपत्ति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हेमबाबु लेखकले पार्टीको केन्द्रीय समिति बिस्तारबारे आपत्ति जनाएका छन् । महाधिवेशनले निर्दिष्ट गरेको केन्द्रीय समिति संख्यालाई पुनः एकीकरणका नाममा ७२७ सदस्यीय बनाइएकोमा उनले आपत्ति जनाएका छन् । राप्रपा र राप्रपा संयुक्त एकीकरण पश्चात् बन्न लागेको केन्द्रीय समितिको सदस्य मनोनित भएको २४ घण्टा नबित्दै नेता लेखकले उक्त आपत्ति जनाएका हुन् । मनोनयन पत्र नबुझ्दै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आपत्ति रहेको आशय










